गीतकार रत्नशमशेर थापा प्रति हार्दिक श्रद्धाञ्जली !

काठमाडौं, १५ जेठ : चर्चित गीतकार रत्नशमशेर थापाको नि’धन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको नि’धन भएको संगीतकार महेश खड्काले जानकारी दिए ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा नि’धन भएको हो ।

उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

गीतकार रत्नशमशेर थापा प्रति हार्दिक श्रद्धाञ्जली !!

सम्बन्धित खवर

Back to top button