डडेल्धुरामा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्ष भट्टमाथि कुटपिट

डडेल्धुरा,१६ जेठ : कोरोना माहामारीका कारण भारतबाट गाउँ फर्किएकालाई क्वारेन्टाइनको व्यवस्थापन गर्न जुटेका वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ । अमरगढी नगरपालिका–१० का वडा अध्यक्ष विष्णु भट्टलाई स्थानीय जोगराज ऐरले गाली गर्दै हातपात गरेका हुन् ।

अमरगढी १० मा रहेको सहश्रलिगं मावि राईको क्वारेन्टाइनमा ठाउँ नपुगेपछि वडा अध्यक्ष भट्ट नजिकैको रेडक्रसको भवनमा क्वारेन्टाइनका ब्यवस्थापन गरिरहेका बेला स्थानीय ऐरले उनीमाथि हातपात गरेका वडा अध्यक्ष विष्णु भट्टले बताए ।

मदिरा सेवन गरि ऐरले वडा अध्यक्षमाथी गाली गालौज गर्दै हातपात गरेको एक स्थानीयले बताए। गत स्थानीय तहको निर्वाचनमा ऐर वडा अध्यक्षमा भट्टसँग पराजित भएका थिए। कुटपिट गर्ने ऐरलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खवर

Back to top button