बाजुरामा क्वारेन्टाईबाट भागेका युवकलाई ढुङ्गामुढा गर्दै गाउँ पस्न दिईएन

बाजुरा, १६ जेठ : बाजुरामा क्वारेन्टाईबाट भागेका युवकलाई स्थानीयले गाउँ प्रवेशमा रोक लगाएका छन्। जिल्लाको खप्तडछेडेदह गाँउपालिका वडा नम्बर २ को मालिका मावीको क्वारेन्टाईनबाट भागेका २५ वर्षीय युवकमाथि स्थानीय ढुङ्गामुढा प्रहार गरी गाउँ पस्न नदिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नाायब उपरिक्षक टंकप्रसाद भट्टराईले ती युवकलाई स्थानीयले ढुङ्गामुढा प्रहार गरी गाउँ प्रवेश गर्न नदिएको बताए। उनी बुधवार भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए।

क्वारेन्टाईबाट भागेर गाउँ फर्किएका उनलाई प्रवेश गर्न नदिईएपछि फेरी क्वारेन्टाईनमै फर्काईएको छ। गाँउलेको ढुङगामुढा प्रहारबाट उनको टाँउकोमा चोट लागेको छ।

सम्बन्धित खवर

Back to top button