डडेल्धुरामा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु


डडेल्धुरा, १८ जेठ : डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका९३ का साढे ६ वर्षीय बालक रहेका छन्। प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृत्यु भएको हो ।
आमाबाबुसँगै उनी केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए। डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो।



‘बिहान अस्पताल ल्याउनु भएको थियो। ती बालक अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो। यहाँ पुर्याउँदासम्म सास पनि थिएन।’ उनले भने। ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए । यसअघि उनी मुम्बईस्थित १ अस्पतालमा उपचाररत थिए।
उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आज नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए।








