सुदूरपश्चिममा ४३ हजार बढिलाई क्वारेन्टिनमा राखियो

डडेल्धुरा, १८ जेठ : सुदूरपश्चिममा लकडाउनको अवधिमा भरात लगायतका क्षेत्रबाट फर्किएका झण्डै ४३ हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ४३ हजार छ सय ६२ जनालाई क्वारेन्टाईनमा राखिएको हो। उनीहरुमध्ये अधिकासं भारतका कोरोना भाईरसको जोखिम भएको क्षेत्रबाट फर्किएका छन्।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार क्वारेन्टाईनमा राखिएका मध्ये ३८ हजार एक सय ५९ जना पुरुष र ५ हजार ५ सय तीन जना महिला रहेका छन्। सबैभन्दा बढि कैलालीमा ११ हजार ६ सय ८९ जना, डोटीमा ७ हजार ९०, कञ्चनपुरमा ६ हजार चार सय ९० जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

यस्तै बैतडीमा ५ हजार २१, डडेल्धुरामा तीन हजार ८ सय ११, अछाममा तीन हजार ६ सय ४५, बाजुरामा तीन हजार एक सय ५१ र दार्चुलामा आठ सय ६४ जनालाई क्वारेन्टाईनमा राखिएको छ। उनीहरु मध्ये अहिलेसम्म झण्डै डेढ हजारको र्‍यापिड टेस्ट भएको छ भने झण्डै दुई सय जनाको कोरोना परीक्षण भएको छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले क्वारेन्टाईन अवधि सकिएपछि अन्यको समेत परीक्षण हुने जानकारी दिए।

सम्बन्धित खवर

Back to top button