डडेल्धुरामा मृत्यु भएका बालकको रिपोर्ट नेगेटिभ

डडेल्धुरा,१९ जेठ : डडेल्धुरामा आईतबार बिहान मृत्यु भएका बालकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। भारतको मुम्बैबाट उपचार गरि घर आउने क्रममा शनिबार राती डडेल्धुराको बहुमुखि क्याम्पसमा बनाईएको क्वारेन्टाईनमा बसेका उनको मृत्यु भएको थियो। राती एक्कासी स्वास्थ्यमा समस्या आएपछी उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा अस्पतालले मृत्यु भएको घोषण गरेको थियो।

आईतबार उनको स्वाब संकलन गरि धनगढी पठाईएकोमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। डडेल्धुराको नबदुर्गा गाउपालीका वडा नं ३ घर भएका उनि साढे ६ बर्षिय बालक हुन। उनलाई मलेरीयाको रोग रहेकाले उपचारका लागी आमा बुवा संगै भारत गएको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button