प्रेस युनियन डडेल्धुराले पत्रकारहरुलाई जाकेट वितरण


डडेल्धुरा, १९ जेठ : डडेल्धुराका पत्रकारहरुलाई कोराना भाईरसको जोखिम बेला सामाचार संकलनको सहजका लागी जाकेट वितरण गरिएको छ। जिल्लामा रहेका बिभिन्न सञ्चार माध्यम र मिडियामा आबद्ध सञ्चारकर्मिहरुलाई जाकेट वितरण गरिएको नेपाल प्रेश युनियन डडेल्धुरा शाखा अध्यक्ष धनबहादुर भण्डारीले बताए।
सोमबार जिल्ला सदरमुकाम डडेल्धुरामा नेपाल प्रेस युनियन डडेल्धुराले सम्पुर्ण पत्रकारहरुलाई जाकेट वितरण गरेको हो। बिश्वब्यापि रुपमा फैलिरहेको कोरोना भाईरस बाट जनजिवन नै आक्रान्त बनेका बेला आफ्नो ज्यानै जोखिममा राखेर सत्य तथ्य ,निष्पक्ष समाचार, सूचना र सन्देश प्रबाह गरिरहेका सञ्चारकर्मिहरुको सामाचार संकलनको सहजका लागी जाकेट बितरण गरिएको जनाईएको छ
।











