डडेल्धुराको नवदुर्गा गाउँपालिका ११ जनामा आरडिटी पोजेटिभ


डडेल्धुरा, २० जेठ : डडेल्धुराको नवदुर्गा गाउँपालिका ११ जनामा आरडिटी पोजेटिभ आएको छ । भारतबाट आएर अनिर्वाय क्वारेन्टाइन बसेका १ सय २१ जनामा गरिएको आरडिटी परिक्षणमा ११ जनामा पोजेटिभ आएको नबदुर्गा स्वास्थ्य शाखाले जनाएको छ ।
आरडिटी पोजेटीभ आउनेमा गाउँपालिको वडा नम्बर २ मा रहेको भुवनेश्वरी मावि बड बर्सतपुर क्वारेन्टाइनमा बस्ने २९ पुरुष, ३२ बर्षीय पुरुष ३५ बर्षीय पुरुष, वडा नम्बर ३ को मस्ष्टा बैजनाथ आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बस्ने २५ बर्षीय पुरुष, नबदुर्गा मा.बि. चिल्फी क्वारेटाइनमा बस्ने २२ बषीृय पुरुष, वडा नम्बर ४ सुनकेशोरी गिलेशोरी माबिमा बस्ने २७ दुई जना पुरुष, २१, १९, २२ , ३८ बर्षीय पुरुष रहेको स्वास्थ्य शाखा उप संयोजक दिपेन्द्र बिष्टले जानकारी दिएका छन् ।
आरडिटी पोजेटिभ आएका ११ जनाको नमुना संकलन गरी कोरोना भाईरस परिक्षणका लागि धनगढी पठाएको छ ।











