नेकपाले डडेल्धुराका स्थानीय तहलाई आरडिटी किट वितरण

डडेल्धुरा, २३ जेठ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले आरडिटी किट वितरण गर्न थालेको छ। नेकपाले आफैं खरिद गरेर शुक्रबारदेखि डडेल्धुराका सातवटै स्थानीय तहलाई किट वितरण गर्न सुरु गरेको हो।

शुक्रबार नेकपाले नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई किट हस्तान्त्ररण गरेको छ। नेकपा डडेल्धुराका अध्यक्ष मानसिंह माल (क्रान्ति)ले नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टलाई एक सय थान आरडिटी किट हस्तान्त्रण गरेका छन् भने नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गजेन्द्र शाहीले गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष कमला ठगुन्नालाई ७२ थान किट हस्तान्त्रण गरिएको गरेका छन्।

शनिबार अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई आरडिटी किट हस्तान्त्रण गर्ने कार्यक्रम रहेको नेकपा डडेल्धुराले जनाएको छ।

सम्बन्धित खवर

Back to top button