सासद मल्ल क्वारेन्टीनमै पुगी हौसला दिदै


डडेल्धुरा,२५ जेठ : कोरोना माहामारीका बेला निरन्तर जिल्लाबासीको पिरमार्काका मलम लगाउदै नेपाली काग्रेस डडेल्धुराका सभापति एव सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले भारतबाट आएर क्वारेन्टीनमा बसीरहेका व्यक्तिहरलाई हौसला दिन गन्यापधुरा गाउपालिका बिभिन्न क्वारेन्टीनमा पुगेका हुन ।
डडेल्धुरा जिल्लामा पहिलो पटक शुक्रबार एउटै गाउपालिकाका ५ जनामा कोरोना संक्रमण देखिएपछि सासद मल्ल क्वारेन्टीनमा बसीरहेका व्यक्तिहरुलाई विभिन्न सल्लाह, खानपान र अन्य कुराहरुको बारेमा जानकारी गराउदै उनीहरुलाई हौसला दिनका साथैआत्मबल बढाउने कार्य गर्न सक्रिय देखिन्छन ।




उनले गाउँपालिकाका बिभिन्न क्वारेन्टीनमा बसीरहेका व्यक्तिहरुलाई आत्माबल बढाउनुका साथै चाउचाउ, बिस्कुट, पानी र मास्क समेत बितरण गरेका हुन ।
क्वारेन्टीनमा बसीरहेका व्यक्तिहरुलाई घरायसी रोगप्रतिरोधात्मक जटीबुटी जस्तै टिमुर,हल्दी,गुर्जो,बेसार, अदुवा लगायतका जटीबुटीहरुको मिश्रण गरेर दिनमा ३र४ चोटी खान पनि साँसद मल्लले आग्रह गरेका छन ।








