नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्लामा कालोबजारी बढेको भन्दै प्रमुख जिल्ला अधिकारलाई ज्ञापन पत्र बुझायो

डडेल्धुरा, २६ जेठ : कोरोना (कोभिड १९) को प्रभावका कारण विश्व नै त्रासपूर्ण अवस्थामा रहेको बेला जिल्लामा कालोबजारी बढेको भन्दै प्रमुख जिल्ला अधिकारलाई नेपाल विद्यार्थी संघ डडेल्धुराले ज्ञापन पत्र बुझाएको छ ।

आज सोमबार नेपाल विद्यार्थी संघ डडेल्धुराका नेताहरु लाल बहादुर बि क , जगत ऐर, रमेश बहादुर माली, पवन ऐर, रमेश बहादुर ऐर लगायतका विद्यार्थी नेताहर ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेका थिए ।

दिन प्रतिदिन मानिस हरुलाई जिवनयापन गर्न निकै कठिन भईराखेको छ विश्वभर आज ३ लाख भन्दा बढी मानसिको ज्यान गइसकेको छ । यस्तो दुखत अवस्थामा कोरोना विरुद्धको लडाइमा हामि सबैले आफु बच्दै अरु लाई बचाउनका लागी सहयोग गर्नु नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्लाबासीहरुमा अपिल समेत गरेको छ

कुनै पनि मुलुकका शासकहरुले आफ्ना नागगिक हरुको जिवनको रक्षा गर्नु उहाँहरुको पहिलो जिम्मेवारी हो । कुनै पनि राज्यको सरकार त्यस ठाउको अभिवाभक हो । तर विडम्बनाको कुरा आज हाम्रो देशमा सरकारले अभिाकत्व ग्रहण गर्न नसकेको कुरा जनताले महशुस गरिरहेका छन । सुदुरपीश्चम प्रदेशको ७ पहाडी जिल्लाको मुख्य प्रवेश द्धार डडेल्धुरा जिल्ला कोरोनाको बढी जोखीममा रहेको छ । वजारमा कालोवजारी बढीरहेको छ । व्यापारीहरु आफुखुसी मूल्यमा अत्यावश्यक सामाग्री बिक्री वितरण गररिहेका छन् । भारत लगाएत अन्य मुलुक वाट नेपाल भित्रिएका नेपाली दाजुभाई तथा दिदीवहिनी हरुका लागी क्वारिनटाईन व्यवस्थापनको नाममा वीद्यालयको ढोका खोलेर ठेल्नु वाहेक कुनै पुर्व तयारी गरिएको पाईएन ,अझै पनि संक्रमण बढेपनि धेरै दुख कष्ट हामिले नभोगेको तर नेपालीले अवको केही महिनामा कोरोनाको माहामारी खेप्नु परेको ज्ञापन पत्रमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई माग गरेको छ ।

आज मानिस लार्ई खान नपाई राखेको अवस्थामा क्वारेनटाइन स्थलमा रक्सी पुगेका घटनाले नेपाल विद्यार्थी संघ डडेल्धुराको गम्विर ध्यान आकर्षण भएको छ । हामिले वारम्वार अनुरोध गर्दा समेत डडेल्धुरा सदरमुकाम लगाएत स्थानिय तहका केही ठाउमा रक्सी वितरण कार्य भइरहेकोले यस्ता अमानविय र निशेधित कार्य गर्ने र लक डाउनको पालना नगर्नेृ जो कोही लाई पनि कडा भन्दा कडा कार्वाही गर्नका लागी समेत प्रमुख जिल्ला अधिकारी ज्यु लाई नेपाल विद्यार्थी संघ डडेल्धुराले ज्ञापनपत्र मार्फत अनुरोध गरेको छ ।

सथै वजार एरीयामा अनुगमको दायरा बढाउनका लागी प्रमुख जिल्ला अधिकारीलाई अनुरोध समेत नेपाल विद्यार्थी संघ डडेल्धुराले गरेको नेता रमेश बहादुर मालीले बताए ।

सम्बन्धित खवर

Back to top button