सरकार कोरोना रोकथामका लागि गम्भिर नदेखिएको भन्दै धनगढीमा प्रदर्शन

धनगढी,२८ जेठ : सरकार कोरोना भाइरसको रोकथामका लागि गम्भिर नदेखिएको भन्दै धनगढीमा प्रदर्शन गरीएको छ। स्वस्फुर्त रुपमा जम्मा भएका युवाहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

युवाहरुले ‘कि सुरक्षा निभाउ हैन भने मरिरहेका जनताको जिमेवारी लेउ, जनता कोरोनाले हैन, लापरवाहीले मर्दैछन्, सरकारले जिम्मेवारी पुरा गरे हाम्रो साथ छ, नागरिकलाई भौकै मार्न पाईदैन, आवश्यक स्वास्थ्य सामाग्री ल्याउ, ¥यापिट टेष्ट बन्द गर’ लेखेका पम्प्लेट बोकेर प्रदर्शन गरीएको प्रदर्शनमा सहभागी चुन्नु केसीले बताए।

आरडीटी विधी विश्वसनीय नरहेको भन्दै उनीहरुले पीसीआर परीक्षणमा जोड दिन समेत माग गरेका छन्।

सम्बन्धित खवर

Back to top button