डडेल्धुरामा कोराना परिक्षण ल्याब संचालन गरिने


डडेल्धुरा, २८ जेठ : कोरोना संक्रमित बिरामीको परीक्षणको दायरा बढाउन कोरना परिक्षण ल्याब संचालन गरिने भएको छ । उक्त ल्याब संचालनका लागी डडेल्धुराका सातवटै स्थानीय तहहरुले प्रतिबद्धता जनाएका छन । बुधबार जिल्ला सदरमुकाममा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा यहाँका स्थानीय तहका जनप्रतिनिधिहरूले मेसिन खरिद गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको कोरोना परीक्षणका लागि जिल्लामा पिसिआर मेसिन आवश्यक रहेको निष्र्कष निकालेको हो। बैठकले पिसिआर मेसिन र आवश्यक किट उपलब्ध गराइ दिन नेपाल सरकार, प्रदेश सरकार, ह्युमानिटी फाउण्डेसन तथा सुदूरपश्चिम समाज अमेरिकालाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ पन्तले जानकारी दिएका छन्।



आवश्यक किट र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका सातवटै स्थानीय तहमध्ये अमरगढी र परशुराम नगरपालिकालाई २० लाख तथा अन्य पाँचवटा गाउँपालिकालाई १० लाखका दरले डडेल्धुरा अस्पतालको नाममा छुट्टै कोषमा रकम जम्मा गरिदिन पनि बैठकले अनुरोध गरेको छ। प्रजिअ पन्तका अनुसार अन्य जिल्लाका नमुना परीक्षणका लागि नेपाल सरकारसँग पाँच करोड निकासा गरिदिन आग्रह गरिएको छ।
पिसिआर ल्याबलाई हाललाई दुई महिना नेपाल रेडक्रस सोसाइटीको भवनामा संचालन गर्ने र पछि डडेल्धुरा अस्पालको निर्माणाधीन भवनको कोठा तयार गरी स्थान्तरण गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन् ।








