उद्योगपति अग्रवालद्वारा डडेल्धुरामा पिसीआर मेसिन स्थापना गर्न १० लाख सहयोग

धनगढी, २९ जेठ : धनगढीका उद्योगपति ओमप्रकाश अग्रवालले पिसीआर मेसिनका लागि १० लाख सहयोग गरेका छन्। उनले ह्युमानिटी फाउण्डेसनले मेसिन खरिदका लागि जारी गरेको अभियानमा सहयोग गरेका हुन्।

ह्युमानिटी फाउण्डेसलाई हालसम्म अमेरिका बस्दै आएका सुदूरपश्चिम वासीहरुले ७ हजारभन्दा बढी अमेरिकी डलर सहयोग गरेका छन्। डडेल्धुरामा स्थापना गर्ने प्रयोगशाला र पिसीआर मेसिनका लागि स्थानीयस्तरदेखि देश विदेशमा पनि अभियान सञ्चालन गरिरहेको फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए।

सम्बन्धित खवर

Back to top button