नवदुर्गा गाउँपालिकाको क्वारेन्टिनमा बस्नेलाई बिदेशबाट बिश्वक्रर्मा दाजुभाइृले गरे खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग


डडेल्धुरा, २९ जेठ : डडेल्धुराको नवदुर्गा गाउँपालिका क्वारेन्टिनमा बस्नेहरुलाई बिदेशबाट बिश्वक्रर्मा तिन दाजुभाइृले खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ निवासी शेर बहादुर बि. क. (अस्ट्रेलिया), दान बहादुर बि. क. (मेन्मार्क) र चक्रमणी बि.क. (अमेरीका)ले क्वारेन्टिनमा बस्नेहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन।

उनीहरुले नवदुर्गा गाउँपालिका वडा नं-५ मा क्वारेन्टिनमा बसी रहेका १८४ जना व्यक्तिलाई आज (बुधबार) खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको हुन। बिजयाशैनी मा बि मा रहेका ५३, सिगास आधारभुत विद्यालयमा रहेका ५४, भुमिराज आधारभूत विद्यालयमा रहेका ५ जना र होम क्वारेन्टिनमा रहेका ७३, जनालाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरेको उनका भाइ तथा प्रेस युनियन डडेल्धुराका उपाध्यक्ष भान बहादुर बि.कले बताए ।




क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई चामल ८.५५ क्वीन्टल, दाल २.७१ क्वीन्टल, तेल १ पेटी, नुन २० केजी, मसला ६० पाकेट तथा सेनिटाइजर १७१ पिस, पञ्जा २०० पिस, मास्क २०० पिस, एन ९५ मास्क १० पिस, नुहाउने साबुन १७१ पिस, लुगाधुने साबुन १७१ पिस सहयोग हस्तान्तरण गरिएको नेपाल बिधार्थी डडेल्धुराका नेता लाल बहादुर बि क ले जानकारी दिए ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुका लागि बिदेशबाट खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरेकोमा वडा अध्यक्ष धन बहादुर साउँदले तिनै जना दाजुभाईलाइ धन्यबाद दिए ।








