डडेल्धुरा अस्पतालले कोरोना परिक्षण गर्न अस्थायी प्रयोगशाला बनाउदै

डडेल्धुरा, १ असार : डडेल्धुरा अस्पतालले कोरोना भाइरस परिक्षणका लागि आवश्यक पर्ने आरटी पिसीआर मेसिन राख्न अस्थायी प्रयोगशाला बनाउदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्ता भित्रै आरटी पिसीआर मेसिन उपलब्ध गराउने भएपछि त्तकालका लागि अस्थायी प्रयोगशालाको संरचना निमार्णमा अस्पताल जुटेको अस्पताल विकास समितीका अध्यक्ष करुणकर ओझाले बताए ।

उनले भने,‘स्थायी प्रयोगशालाको लागि टेन्डर भइसकेको छ, तत्काल हामीले अस्थायी प्रयोगशाला बनाएर पिसीआर मेसिन राख्ने सोच बनाएका छौ, । अबको एक हप्तामा मन्त्रालयले मिसीन दिन्छु भनेको छ, त्यही अनुसार काम जुटेका छौँ।’मेसीन राख्न तथा अन्य प्रविधिक व्यबस्थापनको काम थालेको डडेल्धुरा अस्पतालका ल्याब इचार्ज इश्वरी भुसालले जानकारी दिए । उनले भने, ‘भौतिक संरचना अस्थायी तयार हुन्छ, एक हप्तामा मेसिनसहितको मन्त्रालयको टिम आएर अनुगमन गर्छ होला।’

पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि डडेल्धुरामै कोरोना परिक्षण मेसिन ल्याउन पहल भइरहेको डडेल्धुरा अस्पतालले जानकारी गराएको छ ।

सम्बन्धित खवर

Back to top button