पिसिआर परिक्षण नगरी नवदुर्गा गाउँपालीकाले ३ कोरोना संक्रमितलाई आइसोलेसनबाट घर पठायो


डडेल्धुरा, ३० जेठ : डडेल्धुराको नवदुर्गा गाउँपालीका ५ जना कोरोना संक्रमित पिसिआर परिक्षण नगरी आइसोलेसनबाट बुधबार डिस्चार्ज अर्थात घर पठाएको छ । कोरोना पुष्टि भएको १४ दिनसम्म कुनै किसीमको लक्षणदेखा नपरेपछि होम क्वारेन्टाइनमा बस्ने गरी सरकारले नै घर पठाउने निर्णय अनुसार उनीहरुलाई घर पठाईएको छ ।
जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का १ जना , वडा नम्बर ३ का १ जना र ४ का १ जनालाई कोरोना पोजेटिभ अवस्थामा घर पठाइएको छ ।
सरकारले बनाएको नयाँ निर्देशीका अनुसार उनीहरुलाई १४ दिन भन्दा बढी आइसोलेसनमा भइसकेकाले डिस्चार्ज गरिएको नवदुर्गा गाउँपालिकाले जानकारी दिएको छ ।



आइसोलेसनमा बस्दा खाने बस्नेको साथै चर्पी र पानी पनि समस्याका भएको वडा नम्बर ४ का कोरोना संक्रमण युवाले भने उनले घर जादा खसी छु तर अन्तीम पटक पिसिआर परिक्षण नगरी घर पठाएकोमा दुखि पनि छु । यसरी पिसिआर परिक्षण नगरी घर पठाएकोमा स्थानिय बासीमा त्रास उत्पन्न भएको छ ।








