बैबाहिक बर्षगाँठको अवसरमा श्याम बहादुर वलिले गरे सहयोग

डडेल्धुरा, ५ असार : बैबाहिक बर्षगाँठको अवसरमा नेपाली काँग्रेस डडेल्धुराले सञ्चालन गरेको एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलोलाई सहयोग गरिएको छ।

डडेल्धुरामा अलपत्र परेका तथा विपन्नलाई निःशुल्क खाना खुवाइरहेको आपतकालिन चुलोलाई नवदुर्गा गाउँपालिका –१ कोटेली निवासी श्याम बहादुर वलिले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलोमा सहयोग गरेका छन्। उनले पाँच हजार एक सय नगद प्रदान गरि सहयोग गरेका हुन।

आजै उनले स्व बुवा लक्ष्मी सिंह वलीको सम्झनामा अपि सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका २३ जना कोरोना संक्रमितहरुलाइ ३५० अण्डा र एक पेटी बिस्कुट बितरण समेत गरेका छन । स्व बुवा को सम्झनामा कोरोना संक्रमितहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको श्याम बहादुर वलिले बताए। बैबाहिक बर्षगाँठमा रमाइलो त अरु वर्ष गरौंला तर यो वर्ष पकेट खर्च बचाएर सहयोग गर्न पाउँदा पुण्यको काम गरे जस्तो लाग्यो’ उनले भने।

सम्बन्धित खवर

Back to top button