‘सलह किराले नेपालमा धेरै क्षति नपुर्‍याएको तर ढुक्क हुने अवस्था नभएको’, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

काठमाडौँ, १४ असारः नेपालमा भित्रिएको सलह किराले हालसम्म धेरै ठूलो क्षति नगरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाईँले हालसम्म रुपन्देहीको सैनामैनामा मकैमा सामान्य क्षति गरेको देखिएपनि ठूलो रुपमा क्षति नगरेको बताए।

उनले अहिलेसम्म सलहले ठूलो क्षति पुर्‍याएको विवरण प्राप्त नभएको जानकारी दिए। ‘किरा अहिले स–साना झुण्डमा छ भनेर ढुक्क हुने अवस्था नभएको ‘सलह किराले धेरै क्षति पुर्‍याएको छैन तर ढुक्क हुने अवस्था छैन’
सञ्चार संवाददाता १ मिनेट पहिले

काठमाडौँ– नेपालमा भित्रिएको सलह किराले हालसम्म धेरै ठूलो क्षति नगरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाईँले हालसम्म रुपन्देहीको सैनामैनामा मकैमा सामान्य क्षति गरेको देखिएपनि ठूलो रुपमा क्षति नगरेको बताए।

उनले अहिलेसम्म सलहले ठूलो क्षति पुर्‍याएको विवरण प्राप्त नभएको जानकारी दिए। उनले भने, ‘किरा अहिले स–साना झुण्डमा छ भनेर ढुक्क हुने अवस्था भने छैन। हावाको दिशा नेपालतर्फ बढिरहेको अवस्थामा हामी सर्तक तथा तयारी अवस्थामा बस्नुपर्छ।’

स्थानीय एग्रोभेटहरुलाई सुसूचित गरी तयारी अवस्थामा राख्नुपर्ने हुमागाईँको भनाइ छ। विषादी प्रयोग गर्दा साँझपख वा बिहानै स्प्रेबाट छरेर सलह किरा मार्न सकिने उनले बताए।

खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ।

तर विषादीको अर्को विकल्प आवाज निकाल्ने, धुवाँ बनाएर सलहको झुण्डलाई बस्न नदिने, सामूहिक अभियान चलाउन सकिने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले बताए।

‘विषादीको प्रयोग निश्चित मात्रमा गर्नुपर्छ’, उनले भने, ‘यदि धेरै भयो भने किराभन्दा बढी खतरा विषादीबाट हुन्छ। अहिले धेरै किरा नभएको र त्यसलाई आवाज निकालेर, धुवाँ बनाएर लगायत हटाउन सके राम्रो हुन्छ।’

उनले नेपालको वातावरण प्रतिकूल भएकाले किराहरु धेरै सक्रिय नभएको र किरालाई भगाउन सकिने बताए। ‘अहिले नेपालमा पानी परिरहेको छ’, उनले भने, ‘ती किराहरु २० प्रतिशत तापक्रमपछि सक्रिय हुने र तीन चार घण्टासम्म मात्र एक ठाउँमा बस्न सक्छन्।’

सलह किरा देखापरेपछि सरकारले सलह देखिनसक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्‍याउने अभियान चलाउन आग्रह गरेको छ।

यस्तै नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतिमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने मन्त्रालयको भनाइ छ।

यसैगरी टनेलभित्रको बालीलाई वरिपरिबाट किरा छेक्नेगरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. सुनिल अर्यालले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए।

किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाईं केही दिन पर सारेर गर्दा पनि क्षति कम हुनेतर्फ ध्यान दिन उनले आग्रह गरे।

मन्त्रालयका अनुसार राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड दिल्लीतर्फ मोडिरहेको र अहिले प्रवेश गरेको झुण्डभन्दा निकै ठूलो भएकाले त्यो झुण्ड नेपाल भित्रिएमा ठूलो समस्या आउन सक्छ। त्यसका लागि मन्त्रालयले तयारी गरिरहेको दाबी गरेको छ।

। हावाको दिशा नेपालतर्फ बढिरहेको अवस्थामा हामी सर्तक तथा तयारी अवस्थामा बस्नुपर्छ।’

स्थानीय एग्रोभेटहरुलाई सुसूचित गरी तयारी अवस्थामा राख्नुपर्ने हुमागाईँले बताए। विषादी प्रयोग गर्दा साँझपख वा बिहानै स्प्रेबाट छरेर सलह किरा मार्न सकिने उनले बताए।

खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ।

तर विषादीको अर्को विकल्प आवाज निकाल्ने, धुवाँ बनाएर सलहको झुण्डलाई बस्न नदिने, सामूहिक अभियान चलाउन सकिने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले बताए।

‘विषादीको प्रयोग निश्चित मात्रमा गर्नुपर्छ’, उनले भने, ‘यदि धेरै भयो भने किराभन्दा बढी खतरा विषादीबाट हुन्छ। अहिले धेरै किरा नभएको र त्यसलाई आवाज निकालेर, धुवाँ बनाएर लगायत हटाउन सके राम्रो हुन्छ।’

उनले नेपालको वातावरण प्रतिकूल भएकाले किराहरु धेरै सक्रिय नभएको र किरालाई भगाउन सकिने बताए। ‘अहिले नेपालमा पानी परिरहेको छ’, उनले भने, ‘ती किराहरु २० प्रतिशत तापक्रमपछि सक्रिय हुने र तीन चार घण्टासम्म मात्र एक ठाउँमा बस्न सक्छन्।’

सलह किरा देखापरेपछि सरकारले सलह देखिनसक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्‍याउने अभियान चलाउन आग्रह गरेको छ।

यस्तै नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतिमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने मन्त्रालयको भनाइ छ।

यसैगरी टनेलभित्रको बालीलाई वरिपरिबाट किरा छेक्नेगरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. सुनिल अर्यालले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए।

किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाईं केही दिन पर सारेर गर्दा पनि क्षति कम हुनेतर्फ ध्यान दिन उनले आग्रह गरे।

मन्त्रालयका अनुसार राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड दिल्लीतर्फ मोडिरहेको र अहिले प्रवेश गरेको झुण्डभन्दा निकै ठूलो भएकाले त्यो झुण्ड नेपाल भित्रिएमा ठूलो समस्या आउन सक्छ। त्यसका लागि मन्त्रालयले तयारी गरिरहेको बताएको छ।

सम्बन्धित खवर

Back to top button