निर्मलालाई न्यायको माग गर्दै चर्कियो ‘डिजिटल आन्दोलन’

काठमाडौँ, २ भाद्रः बेलाबेला उठिरहेको निर्मला पन्त ब’लात्कारपछि ह’त्या प्र’करणको बिषयमा फेरी एकपटक सामाजिक संजालहरुमा आन्दोलन सुरु भएको छ । ब’लात्कारपछि ह’त्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मलालाई न्यायको माग गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले ‘डिजिटल आन्दोलन’ सुरु गरेका हुन् ।

निर्मला २ बर्ष अगाडी विसं २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी थिइन् । पछि खोजि गर्दा हराएको भोलिपल्ट उनको श’ब् स्थानीय उखुबारीमा फेला परेको थिए।

उक्त घ’टना विभिन्न मो’डहरु लियो तर पनि जनस्तरमा हेर्ने हो भने वास्तविकता के हो भन्ने कुरामा अझै सबै अनविज्ञ नै छन् । निर्मलाको न्यायका लागि विभिन्न चरणमा आ’न्दोलन हुँदा पनि किशोरी निर्मला पन्तको दो’षी हालसम्म पत्ता लाग्न सकेका छैन। निर्मलालाई न्यायको माग गर्दै स्थानीय बासिन्दाले गरेको प्र’दर्शनमा प्रहरीको गो’ली लागी थप एक युवकको समेत मृ’त्यु भएको थियो।

तरपनि निर्मलाले न्याय पाउन सकेकी छैनन् । न त निर्मलाको न्यायको लागि उठेको आवाज रोकिएको छ । यतिबेला कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देशभरको जनजीवन प्रभावित भएका बेला सामाजिक संजालमा भने ‘जस्टिस फर निर्मला’ भन्दै ‘डिजिटल आन्दोलन’ सुरु भइरहेको छ ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ओली मन्त्रिपरिषद्का अन्य मन्त्रीहरु र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान नै चलाएका छन्। यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा रहेको उनको ‘प्रोफाइल पिक्चर’मा जम्मा २ लाख १७ हजार भन्दा धेरैले कमेन्ट गरेका छन्। ती मध्ये अधिकांशले निर्मला पन्तको न्यायको माग गरेका छन्।

सम्बन्धित खवर

Back to top button