मोरङमा प्रधानाध्यापकको अपहरणपछि गोली हानी हत्या

मोरङ ८ ,२३  मंसिर : मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ।

मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको अवस्थामा मंगलबार विहान शव भेटिएको हो।

शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दूरीमा छ। मृतकको टाउकोमा गोली लागेको भेटिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान सवा ६ बजेतिर ४-५ जनाको संख्यामा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले श्रेष्ठलाई घरबाट लिएर गएको सूचना आएको एसपी खड्काले बताए।

घटनाबारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। अहिले घटना भएको क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाइएको छ। यसअघि पनि विप्लव नेतृत्वको नेकपाले प्रदेश सरकारको लगनीमा निर्माण भइरहेको टाँडी-आइतबारे प्रदेश सडक निर्माणमा प्रयोग गरिएका एक्साभेटरमा आगजानी गरेका थिए।

गाउँपालिकाको केन्द्रबाट ४० किलाेमिटर उतरपूर्वमा घटनास्थल रहेकाे छ। विकट भौगोलिक क्षेत्र भएकाले प्रहरी टाेली घटस्थलतर्फ गएकाे मिक्लाजुङ गाउँपालिका उपप्रमुख सरला राईले जानकारी दिइन्।

 

सम्बन्धित खवर

Back to top button