उद्दण्ड युवाहरूले विद्यालयमै किशोरीमाथि दुर्व्यवहार , तर प्रशासन बोल्न पनि सक्दैन

कपिलवस्तु  २०७७, ३० मंसिर : दक्षिणी भेगको महाराजगन्ज नगरपालिका–१ मा रहेको जानकी माध्यमिक विद्यालयमा दैनिक बाहिरी युवा आएर विद्यालयका किशोरीमाथि दुर्व्यवहार गर्छन्।

तर बालिकाहरूले पटक पटक विद्यालय प्रशासनसँग यसबारे जानकारी गराउँदा पनि विद्यालय भने मूकदर्शक भएर कुनै चासो दिएको छैन। क्रिकेट खेल्न आउने स्थानीय उद्दण्ड शैलीका युवाले विद्यालयका छात्र–छात्रालाई दैनिक समस्यामा पार्दै आएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय गुप्ता, प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीलाई यो समस्याबारे ती छात्राहरुले जानकारी गराएका थिए तर विद्यालय प्रशासनले यसबारे वास्तै गरेको छैन।

विद्यालयको २ वर्षअघि पर्खाल भत्किएको थियो। बाउन्ड्री भत्किएपछि विद्यालय अगाडिको चौर स्थानीय युवाका लागि रमाइलो गर्ने थलो बनेको छ। त्यहाँ आउने युवा क्रिकेट खेल्ने बहानामा, मोटरसाइल रेसिङ गर्ने, चुरोट खाने गर्छन्। विद्यालयका कुनै बालिका देखे गिज्याउने, अश्लील शब्द बोल्ने गरेका एक छात्राले बताइन्। विद्यालयकै अगाडि उनीहरूको जमघट हुने हुँदा त्यहाँका किशोरी र बालिका असुरक्षित हुँदै गएका छन्।

विद्यालयमा स्थानीय सरकारको कार्यालयसमेत छ। इलाका प्रहरी कार्यालय ४ मिटरको दूरीमा छ। विद्यालयका एक शिक्षकका अनुसार केही दिनअघि खेल्न आउने युवाले विद्यालय व्यवस्थापन समितिका सदस्यका छोरासहित २ छात्रलाई कुटपिटसमेत गरेका थिए।

सम्बन्धित खवर

Back to top button