आज सुनकाे भाउ ओरालाे लाग्याे


काठमाडौं, २९ साउन : साताको चौथो दिन बुधबार सुनको भाउ केही ओरालाे लागेकाे छ । आजकाे दिन सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला ७० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
छापावाल सुनको मूल्य गत मंगलबार तोलामा ७१ हजार रुपैयामा कारोबार भएको थियो । जुन हालसम्मको उच्च मूल्य हो । त्यस्तै तेजाबी सुन प्रति तोला ७० हजार रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।



आज चाँदीको भाउ पनि घटेको छ । चाँदी बुधबार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी प्रति तोलामा ८ सय २५ रुपैयाँमा कारोबार भैरहेको थियो ।








