महिलाको हत्या


कपिलवस्तु । यहाँको वाणगंगामा एक जना महिलाको हत्या भएको छ ।
वाणगंगा नगरपालिका ४ की करिव २६ वर्षिय अनिता पौडेलको गए राति १ बजेतिर हत्या भएको हो ।
पौडेलको निधारमा चोट छ । धारिलो हतियार वा गोली हानी हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।



प्रहरी नायव उपरीक्षक रवी रावलका अनुसार हत्याको कारण खुलेको छैन ।
‘हत्या भएको हो तर कसले के कारणले हत्या गरेको भन्ने खुलेको छैन । अनुसन्धान हुँदैछ,’ प्रनाउ रावलले भने ।
शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।