६ वर्षीय बालिका बलात्कार गर्न खोज्ने पक्राउ


भद्रपुर, (झापा) । ६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए अनुसार मंगलबार दिउँसो घरबाट किराना पसल गएकी बालिकालाई तोलाङ्गीले फकाएर आफ्नो कोठामालगेका थिए । कोठा लगेर तोलाङ्गीले बालिकाको संवेदनशील अंगहरू चलाएर यौन दुर्व्यवहार गरेको थिए । साँझ घर फर्केकी बालिकाका शरीरका विभिन्न भागमा चोट देखेर अभिभावकले उपचारका लागि अस्पताल लगेका थिए ।
चिकित्सकले बालिकामाथि बलात्कारको प्रयास भएको जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको हो’, डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि प्रहरीले तोलाङ्गीलाई कोठाबाटै पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।


