नेपालगञ्जमा इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा एक करोडको क्षति

नेपालगञ्ज ।      नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित धुव्र दाहालले चलाउँदै आएको इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति भएको हो ।

राति पसल बन्द भएका बेला करिब ९ बजेदेखि आगलागी सुरु भएको घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुुमान छ ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको जनाइएको छ ।

आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको छ ।

सम्बन्धित खवर

Back to top button