यसरी भएछ धनुषामा बालकको विभत्स हत्या

जनकपुरधाम ।  धनुषाको ढल्केवरका अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ । सोमबार साँझदेखि घरबाट हराएका मिथिला नगरपालिका–६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज रायले जानकारी दिए ।
‘बालकको घाँटी रेटी हत्या गरिएको छ’, इन्स्पेक्टर रायले भने, ‘गाउँले र प्रहरी मिलेर बालकको रातीदेखि नै खोजी गरियो । कहीँ भेटिएन तर, मंगलबार बिहान उनको घर पछाडि रहेको आँप बारीमा शव फेला परेको थियो ।’

सम्बन्धित खवर

Back to top button