त्रिभुवन विश्वविद्यालयमा चरम बेथिति, प्राध्यापकले समेत मनपरी गर्दै

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका अधिकांश प्राध्यापक, सहप्राध्यापक, प्राध्यापक र शिक्षण सहायकले स्वीकृति नै नलिई विभिन्न निजी शिक्षण संस्थामा अध्यापन गराउँदै आएको पाइएको छ। दक्ष जनशक्ति उत्पादन गर्ने सबैभन्दा पुरानो प्राज्ञिक थलो त्रिविमा यस्तो चरम बेथिति देखिएको हो।

त्रिविका अनुसार पछिल्लो दुई वर्षको अवधिमा २५ जना कर्मचारी सेवाबाट हटाइएको छ। ९० दिनभन्दा बढी समय अनुपस्थित भएको भन्दै विशेष सजायअन्तर्गत उनीहरुलाई सेवाबाट हटाइएको हो। यसरी हटाइएकामा निजी शिक्षण संस्थामा अध्यापन गराउनेहरु पनि रहेको त्रिवि स्रोतले बताएको छ।

राजधानीसहित देशभर ६१ आंगिक क्याम्पस छन् । ती क्याम्पसमा अध्यापनरत केही प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायकले निजी शिक्षण संस्थामा समेत पढाउँदै आइएका छन् । यसले त्रिविको गुणस्तर घटाउन मद्दत गर्ने देखिन्छ ।

सम्बन्धित खवर

Back to top button