कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका-७, सतभरा गाउँनजिकै एक युवतीको शव फेला परेको छ। सतभरा गाउँ नजिक रहेको पोखरीमा उनको शव शव नग्न र बेबारिसे अवस्थामा फेला परेको हो।
लगभग १८/२० वर्षको जस्तो देखिने उक्त शवको प्रकृति हेर्दा बलात्कार गरि हत्या गरिएको हुन सक्ने स्थानीयको आशंका छ । मुखमा चोट रहेको र शरीरको तल्लो भागमा लुगाकपडा नरहनुले बलात्कार गरि मारिएको हुन सक्ने आशंका गरिएको हो । घटनास्थलमा प्रहरी पुगेर शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्य बोगटीले बताए। स्थानीयबासीले मंगलबार दिउसो १ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मधेशी मुलकी जस्तो देखिने उक्त युवतीको अहिलेसम्म सनाखत नभएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाइएको छ। युवतीको शव अहिलेसम्म पहिचान नभएको र नजिकैका प्रहरी कार्यालयहरुमा पनि युवती हराएको सूचना दर्ता नगरिएको हुँदा सनाखत गर्न समस्या भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिए। घटनास्थल नेपाल-भारत सीमानादेखि १ सय मिटर मात्र नजिक भएको हुँदा मृतक भारतीय पनि भएको अनुमानमा प्रहरीले खोजी जारी राखेको छ। भारतीय सीमा सुरक्षा बल तथा भारतीय प्रहरीसँग सहकार्य गरि शवको पहिचानको पहल भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताए।