satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

लोकसेवाले ल्यायो नयाँ नियमः प्रवेश परिक्षा अनिवार्य, यस्तो छ पाठ्यक्रम !

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,261
आयो खुसीको खबर ! लोकसेवाको बिज्ञापन बैशाख अन्तिम साता खुल्दै

काठमाडौं ।  लोक सेवा आयोगले सुरुमा अधिकृत तहमा प्रवेश परीक्षा पास भएकाहरुलाई दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । पछि सुब्बाका लागि पनि त्यस्तै व्यवस्था गरियो । अहिले संघीय संरचनाअनुसारको नयाँ पाठ्यक्रम बनाउँदा पनि एक सय पूर्णांकको लिखित प्रवेश परीक्षालाई निरन्तरता दिइएको छ । लोकसेवा आयोगले स्थानीय तहको लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । नयाँ पाठ्यक्रमअनुसार अब स्थानीय तहमा पनि पहिलो चरणमा इन्ट्रान्स (प्रवेश परीक्षा) पास गर्नुपर्ने छ ।

अहिले लोक सेवा आयोगले स्थानीय तहका प्राविधिक र अप्राविधिकतर्फ चौथो, पाँचौ र छैठौं तहको पाठ्यक्रम सार्वजनिक गरेको छ । छैठौं तहका महिला विकास अधिकृत, नापी अधिकृत, तथ्यांक अधिकृत, वातावरण निरीक्षक, वातावरण इन्जिनियर, शिक्षा प्रशासन अधिकृत, कम्प्युटर अधिकृत, कम्प्युटर इन्जिनियर, सिभिल इन्जिनियर, बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर तथा पाँचौं तहको महिला विकास निरीक्षक पदमा भने दुई पटक लिखित परीक्षा दिनुपर्ने छ । पहिलो लिखित परीक्षा (प्रवेश परीक्षा) मा पास भएकाहरु मात्र दोस्रो लिखित परीक्षामा सहभागी हुन पाउने छन् । चौथो तहको सहायक कम्प्युटर अपरेटर, चौथो तहकै अमिन, पाँचौ तहको सब इन्जिनियर, कम्प्युटर अपरेटर, तथ्यांक सहायक, सर्भेक्षक र प्राविधिक सहायक (शिक्षा) का लागि भने प्रवेश परीक्षाको व्यवस्था छैन ।

पाठ्यक्रममा फरक के छ ?

स्थानीय तहका लागि लोक सेवा आयोगले सार्वजनिक गरेको पाठ्यक्रममा पहिलेको तुलनामा के फरक छ वा के समानता छ भन्ने कुरा जान्न जरुरी छ । यसको जानकारी भएमा परीक्षाको तयारी गरिरहेका र गर्नेहरुलाई के-के पढ्ने के-के नपढ्ने भनेर छुट्टाउन सजिलो हुन्छ ।

छैठौं तह (शाखा अधिकृत)

छैठौं तहको प्रथम पत्रमा जीके, आईक्यू, अंग्रेजीको परीक्षा यथावत छ । पुरानो पाठ्यक्रममा जस्तो थियो, अहिले पनि त्यसै नै छ । दोस्रो पत्रमा शासन प्रणाली र समसामयिक मामिला सम्बन्धी प्रश्नहरु सोधिने छ, जुन १०० पूर्णांकको हुने छ । पुरानो दोस्रो र तेस्रो पत्रको २०० पूर्णांकलाई मिलाएर १०० पूर्णांक बनाइएको छ तर विषय वस्तुमा केही फरक छैन । केही टपिक भने थपिएको छ । तेस्रो पत्र सेवा समूह सम्वन्धी १०० पूर्णांकको हुने छ । चौथो पत्रको पाठ्यक्रमलाई केही थपघट गरेर तेस्रो बनाइएको छ ।

पाँचौ तह (नासु)

पाँचौ तहको नासु वा सो सरहको परीक्षाको प्रथम पत्रमा पनि जीके, आईक्यू १०० पूर्णांकको यथावत राखिएको छ । दोस्रो पत्र सामाजिक आर्थिक अवस्था सम्बन्धी १०० पूर्णांकको हुने छ । नासुको दोस्रो पत्रको पुरानो पाठ्यक्रममा दुई–चार वटा नयाँ टपिक थपिएको छ । तेस्रो पत्र हटाइएको छ । पाँचौ तहको तयारी गर्नेले पहिलो पत्र जीके आईक्यू र दोस्रो पत्र नासुको पुरानो पाठ्यक्रममा केही टपिक थप पढे पुग्छ ।

चौथो तह (खरिदार)

चौथो तहको खरिदार वा सो सरहको परीक्षाको प्रथम पत्रमा पनि जीके, आईक्यू १०० पूर्णांकको यथावत राखिएको छ । अर्थात् अहिलेको पाठ्यक्रम पहिलेको जस्तै छ । दोस्रो पत्रमा सामाजिक अध्ययन, कार्यालय सञ्चालन र सामान्य गणित १०० पूर्णांकको राखिएको छ । अर्थात् विगतको पाठ्यक्रममा जस्तो विज्ञान विषय अब पढ्नुपर्ने छैन । चौथो तहको अप्राविधिक पदका लागि १० पूर्णांकको कम्प्युटर सिप परीक्षण र ३० पूर्णांकको अन्तर्वार्ता पनि दिनुपर्ने छ ।

बुधबार विज्ञापन खुल्ने

समायोजन गर्दा पदपूर्ति नभएमा वा प्रदेश लोक सेवा आयोगको गठन नभएको अवस्थामा रिक्त पदका लागि नेपाल सरकारमार्फत स्थानीय तह र प्रदेश सरकारहरुबाट अनुरोध भएर आएमा केन्द्रीय लोक सेवा आयोगले पदपूर्ति गरिदिने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार लोक सेवाले स्थानीय तहका लागि कर्मचारी भर्नाको विज्ञापन बुधबार खुलाउँदै छ । पाँच सय ५५ स्थानीय तहबाट १३ हजारभन्दा बढी कर्मचारी माग भएर आए पनि तत्काललाई ८ हजारभन्दा बढी कर्मचारीको विज्ञापन खोल्ने लोक सेवाको तयारी छ ।

बाँकीको पदपूर्ति बढुवामार्फत गर्दै जाने योजना बनाइएको लोक सेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । सहसचिव शर्माले भने, ‘चौथो, पाँचौ र छैठौं तहका प्राविधिक तथा अप्राविधिक पदमा आठ हजारभन्दा बढीको विज्ञापन खुल्छ, बाँकी बढुवामार्फत् पदपूर्ति गरिने छ ।’ निजामती सेवामा जेष्ठता र कार्यक्षमता मूल्यांकनअनुसार बढुवा गर्ने व्यवस्था छ । कर्मचारी समायोजनपछि पनि केन्द्र, प्रदेश र स्थानीय तहमा अझै ३२ कर्मचारी अपुग रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । कर्मचारी अपुग भएकाले सेवा प्रवाहमा कठिनाइ भइरहेको प्रदेश र स्थानीय तहका सरकारका अधिकारीहरुले बताएका छन् ।

Related Posts

कसको तलव कति पुग्यो ? मुख्य सचीवको ६९४८२/- आइजिको ६४७२६/- मा वि शिक्षकको ५६८५४/- नयाँ अपडेट हेर्नुहोस।
अर्थ

कसको तलव कति पुग्यो ? मुख्य सचीवको ६९४८२/- आइजिको ६४७२६/- मा वि शिक्षकको ५६८५४/- नयाँ अपडेट हेर्नुहोस।

by सत्कार पोष्ट
0

दिपेन्द्र थापा मगर काठमाडौ १७ साउन :यसपालिको बजेटले सरकारी कर्मचारीहरुको तलब बढाएको घोषणा गरे पनि कसको तलब ठ्याक्कै कति पुग्यो...

नायब सुब्बाका लागि लोकसेवा आयोगले खुलायो विज्ञापन
लोकसेवा सामग्री

नायब सुब्बाका लागि लोकसेवा आयोगले खुलायो विज्ञापन

by सत्कार पोष्ट
0

काठमाडौं, २९ पौष : लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदका लागि ८४३ कोटा विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र...

मप विश्वविद्यालयका उपकुलपति सिंहको विद्यार्थीहले पुत्ला जलाए

मप विश्वविद्यालयका उपकुलपति सिंहको विद्यार्थीहले पुत्ला जलाए

अनिश्चितकालका लागि लोक सेवाको परीक्षा स्थगित

अनिश्चितकालका लागि लोक सेवाको परीक्षा स्थगित

कोरोना संक्रमितलाई परीक्षामा राख्न नसकिने मैनालीकाे भनाई

कोरोना संक्रमितलाई परीक्षामा राख्न नसकिने मैनालीकाे भनाई

लोकसेवाबाट सञ्चालन हुने पदपूर्तिसम्बन्धी सबै कार्य स्थगित

लाेकसेवाको परिक्षामा कोरोना संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

नव कालिका लघु उधमले नि:शुल्क लघु उधम तालिम दिदै:

by सत्कार पोष्ट
0

फाल्गुन, २१ ,काेहलपुर : नव कालिका लघु उधम प्रवद्वन सहकारी संस्था लि कोहलपुर ५ बाँकेले आज नि: शुल्क १० दिने...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.