लोकसेवाले वुधबार ९ हजारको विज्ञापन खोल्दै
काठमाडौं । लामो प्रतिक्षापछि लोक सेवा आयोगले करिब ९ हजार कर्मचारीको विज्ञापन आह्वान गर्ने भएको छ। बुधबार स्थानीय तहका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता एवं सचिव किरणराज शर्माले जानकारी दिए ।
स्थानीय तहको चौथो तहदेखि छैठौं तहसम्मको विज्ञापन हुने उनले बताए । ५१५ स्थानीय तहले कर्मचारीको माग आए बमाजिम विज्ञापन आह्वान हुन लागेको बताए ।
कर्मचारी समायोजनका कारण चालू आर्थिक वर्षमा आयोगको कार्यतालिका प्रभावित हुदै आएको थियो। २०७५ सालमा समायोजनका कारण उल्लेख रुपमा कर्मचारीको विज्ञापन आह्वान हुन सकेन। अब भने प्रदेश, संघको क्रमश विज्ञापन आह्वान हुदै जाने आयोगले जनाएको छ।