संसारकै एकमात्र यस्तो कानूनः उतिर्ण प्रमाणपत्र लिंदा १० विरुवा अनिवार्य रोप्नु पर्ने
एजेन्सी । फिलिपिन्सको नयाँ कानुनले कुनैपनि शैक्षिक योग्यता हासिल गरेको व्यक्तिले प्रमाणपत्र पाउन १० वटा बोट-विरुवा रोप्नु पर्ने व्यवस्था गरेकाे छ । वातावरणीय मामिलामा फिलिपिन्सको अवस्था निकै दयनिय बनेकाेले यस्तो नियम बनाइएको त्यहाँका सरकारी अधिकारीले जनाएको छन् । फिलिपिन्स सरकार अहिले देशलाई हराभरा बनाउँन निकै कोसिसमा लागि परेको छ । यसैबीच पर्यावरणलाई नै जोगाउनका निम्ति फिलिपिन्सले सम्भवत: कुनै पनि मुलुकमा नभएको कानुन अघि सारेको हो । फिलिपिन्सले अब कुनै पनि शिक्षाको तह पास गरेका विद्यार्थीलाई पास गरेको प्रमाणपत्र लिँदा कम्तिमा १० वटा बाेट-विरूवा अनिवार्य राेप्नुपर्ने नयाँ नियम बनाएको हो ।
एलिमेन्ट्री स्कुल (कक्षा १ देखि ६) जुनियर हायर स्कुल(७ देखि १०) र सिनीयर हायर स्कुल(११ देखि १२), स्नातक तथा स्नातकोत्तर पासगरेपछि विद्यार्थीले १० वटा बोट-विरुवा सारेपछि मात्रै त्यो तह पास गरेको प्रमाणपत्र दिने नियम बनाएको हो । फिलिपिन्स कांग्रेसका एक नेता ग्रे अलिजनोले यो कानुनु निमार्णमा अह्म भुमिका खेलेको जनाइएको छ ।एक पूस्तामा ५२५ अर्ब विरुवा सारिनेछन् र त्यसमध्ये अर्काे पुस्ताले करिब ५२ अर्ब मात्रै विरुवा पाउनेछन् । सारिका सबै बोट(विरुवामध्ये १० प्रतिशतमात्रै पुर्ण रुपमा हुर्कने उनको भनाइ छ ।
फिलिपिन्समा प्रत्येक वर्ष १ करोड ७५ लाख विद्यार्थी ग्रेजुएट हुन्छन् त्यसअनुसार अब प्रत्येक वर्ष १ सय ७५ लाख विरुवा रोपिने छन् । फिलिपिन्समा वनक्षेत्रको निकै संकट परेको बताइन्छ । त्यहाँको लगभग ७० प्रतिशत वनक्षेत्र घटेर अब २० प्रतिशतमा झरेको जनाइएको छ । कानुन अनुसार बोट-विरुवा हुर्कन सक्ने ठाँउ हेरेर सो ठाँउमा मात्रै वृक्षारोपण हुने छ ।