रेलबाट खसेपछि घरबाट भेट्न गएकी श्रीमतिसँग भेट्नै नपाई गयाे प्राण

अछाम, १९ जेष्ठ । भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको आफन्तले बताएका छन् ।

गुजरातको वापिमा काम गर्दै आएका मोहन आफ्नो श्रीमति डुप्कि परियार नेपालबाट आफन्तसँग महाराष्ट्रको ठानेसम्म आएपछि लिनका लागि रेल यात्रा गर्दै आईरहेका थिए । घरबाट आएकि श्रीमति डुप्कि परियार भेट्न नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उनको मृत्यु भएको थियो ।

आईतबार पालघारमा पोष्टमार्टम भएपछि आफन्तले सब बुझेर अन्तिम दाहासंस्कार गरिसकेका उनका भाई प्रबिण विकले जानकारी दीएका छन् ।

 

सम्बन्धित खवर

Back to top button