काठमाडाैं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको स्वास्थ्य स्थिति एकदमै नाजुक हुँदै गएको छ । उनलाई यतिबेला ट्रमा सेन्टरमा राखेर उपचार गरिदै छ । प्रहरीको निर्घात कुटपिट र चरम यातनाका कारण हिड्डुल त के बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन् । उनका समर्थकहरुले मानव अधिकार गुहार्दै उक्त घटनाको चर्को बिरोध गरिरहेका छन्।
बिना पक्राउ पुर्जी शाहीलाई पक्राउ गरि चरम यातना दिएको आरोप समर्थकहरुले लगाइरहेका छ्न। मानवअधिकार आयोगले समेत प्रारम्भिक अनुसन्धानमा प्रहरीले कुटपिट गरेको खुलासा गरेका छन्। यद्दपी प्रहरीले भने आफुहरुले शाही माथि कुनै यातना नदिएको समर्थकहरुकै हातपातका कारण शाही घाइते भएको बताईरहेका छन्।
शाहीले भ्रष्टचार बिरुद्धको अभियान सुरुवात गरेका थिए । उनलाई सामाजिक संजालमा पत्रकारहरुलाई गाली गलोज दिएको आरोपमा साइबर क्राइम मुद्दा दर्ता गरिएको छ ।
हेर्नुस् भिडियो