कोरियन भाषा परीक्षाः नक्कली परिक्षार्थी ४७ जना पक्राऊ

काठमाडौं : कोरियन भाषा परीक्षामा ४७ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्। शनिबार काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ। २८ वटा केन्द्रमा गरिएको अनुगमनमा अर्को व्यक्तिको नाममा परीक्षा दिन गएका पक्राउ परेका हुन्।

परीक्षाको पहिलो दिन शनिबार ४६ हजार १ ९६ जनाले परीक्षा दिनुपर्ने पालो भएपनि चार हजार ३७ जना अनुपश्थित भएको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतले इपियस कोरिया शाखाले जनाएको छ । आइतबार चल्ने परिक्षामा यस वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी सहभागी हुने इपीएस कोरिया शाखाले जनाएको छ।

परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चार स्थानमा परीक्षा केन्द्र तोकिएको छ। अघिल्लो वर्षको तुलनमा यसवर्ष भाषा परीक्षा दिनेको संख्या १० हजार भन्दा बढी छ। यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न चाहने परिक्षार्थीको संख्या ६३ हजार ४८९ जना रहेको छ।
यसैबीच मुकुन्द घिमिरेले काेरियन भाषा परिक्षा आउनुभन्दा केही दिन अगाडी नै ‘भाषा परिक्षा लिनु पर्दैन, कोरिया कि नेपाल भनेर चिट्ठा लडाक्इदिए पुग्छ ।’ भनेर विचारउत्तेजक कुरा आफ्नाो फेसबुकमा स्ट्याटस राखेका थिए । हेर्नुस जस्ताको तस्तै “ती कोरियाका भोटेका सुंगुरका लिदीसमेत सोहोर्ने कुल्लीकमारा खल्लीबल्ली हुन जानेहरुलाई बेकारमा किन भाषा परीक्षाको यातना दिएको? तिनीहरु त्यहाँ मास्टर हुन जाने होइनन् क्यारे, बलको काम गर्नेहरुले ईशारा बुझे भने काफी हुन्छ, `कोरिया कि नेपाल?´ भनेर एउटा भाग्यचिट्ठा लडाईदिए भईहाल्थ्यो नि।”

सम्बन्धित खवर

Back to top button