नागरिकको प्रश्न – किन बन्याे यो तस्वीर भाइरल ?

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुब्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मन्त्रीकाे गाडि पानी सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा डुबेको थियाे । बा २ झ ४०२९ नम्बरको गाडी डुबेपछि मन्त्रीलाई सकुशल बाहिर उतारियाे भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको थियाे ।

यो तस्वीर भाइल भएसँगै आम नागरिकले भने यसको आलाेचना गरेका छन् । विकासले गति लिन नसकेकाे देशमा यस्तो घटना खासै अनाैठाे नभएकाे भन्दै अनावश्यक भाइरल बनाइएकाेमा केही नागरिकले यसको आलाेचना गरेका छन् । उ

नीहरूले भनेका छन् ‘के मन्त्री भन्नासाथ खाेलाकाे पानीले समेत माथिमाथि उतारिदिनु पर्ने हाे ?’ विकास गर्नतिर ध्यान नदिने तर आम मानिसले दिनदिनै गर्ने क्रियाकलाप एउटा मन्त्रीबाट हुँदा भाइरल बनाउने खाेज्ने यस्तो कस्ताे तरिका हो ? ‘यो त सामान्य कुरा हो- कयाैले खाेला तर्ने क्रममा ज्यान गुमाउनु परेकाे छ ती तस्वीर किहलै भाइरल बने ।’

सम्बन्धित खवर

Back to top button