विदेश पढ्न जानेका लागि नयाँ नियम


काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जाने अनुमति दिने भएको छ। एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको समाचार कान्तिपुर दैनिकमा छ।
नागरिक दैनिकमा ‘१० पढेर मात्र अध्ययनका लागि विदेश जान नपाइने’ शीर्षकमा समाचार लेखेको छ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० पछि डिप्लोमा कोर्स गर्न विदेश जान चाहने विद्यार्थीलाई रोक लगाएको छ। एसईईको नतिजा प्रकाशनको दिन नजिकिँदै गर्दा मन्त्रालयले बुधबार सूचना प्रकाशन गरी कक्षा १० पास गरेका विद्यार्थीलाई विदेशमा पढ्न जाने ‘नो अब्जेक्सन लेटर’मा रोक लगाएको हो।



नेपाल समाचारपत्र दैनिकमा ‘नो अब्जेक्सन लेटर बन्द’ शीर्षका मसमाचार लेखेको छ, मन्त्रालयले यो निर्णय गर्दै सिधै विश्वविद्यालय जाने विद्यार्थीका लागि मात्रै अनुमति दिने निर्णय गरेको हो। विद्यार्थीले एकवर्ष, नौ महिने र ६ महिने कोर्सका लागि यस्तो पत्र लिने गरेका थिए।