‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा वडा कार्यालय ताेडफाेड
जाजरकोट : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले जिल्लाकाे नलगाड नगरपालिकाकाे १० नम्बर वडा कार्यालय तोडफोड गरेका छन् । उनीहरूले बुधबार दिउँसाे भष्ट, दलालको आरोप लगाउदै १० नम्बर वडा कार्यालय ताेफाेड गरेका हुन् ।
प्रहरीका अनुसार वडा कार्यालय भित्र रहेका सोफा, कुर्सि, कम्प्युटर, फोटोकपी मेसिन, सोलार, कुर्सी, दराज पूर्णरूपमा तोडफोड गर्नुका साथै कागजजात जलाएको छ । कार्यालय रहेकाे घरमा भने कुनै क्षति गरिएकाे छैन । ताेडफाेड गरे लगत्तै घटना स्थल पुगेकाे प्रहरीले उनीहरूलाई भेटाएको छैन् । ताेडफाेडमा संलग्नहरूलाई कानूनी कारबाही गर्न खाेजी कार्य जारी राखेकाे प्रहरीले जनाएकाे छ ।
१० नम्बर वडा कार्यालयमा आफ्नै पार्टीका कार्यकर्ताले ताेडफाेड गरेकाे नेकपाका जिल्ला इञ्चार्ज प्रेमप्रकास ओलीले स्विकार गरेका छन् । अन्य ठाउँमा समेत दलाल विरुद्ध कारवाही जारी रहने ओलीले चेतावनी दिएका छन् । जनयुद्ध कालमा समेत यो ठाउँमा माओवादी आन्दोलनको उद्गम स्थलको रुपमा परिचित छ ।