२४ औँला भएको शिशु जन्मेपछि गाउँ नै अचम्मित
डोल्पा : डोल्पामा जिल्लाकी एक महिलाले २४ औँला भएको बच्चा जन्माएकी छन् । जगदुल्ला गाउँपालिका–६ की २२ वर्षीया सरादेवी बिकले २४ वटा औँला भएकी छोरी जन्माएकी हुन् । सारादेवी र दलपति बिकको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीका हातमा १२ र खुट्टामा १२ औँला छन् । यस्तो घटनाले परिवार मात्रै नभएर गाउँलेहरु समेत अचम्भित भएका छन् ।
रिमी स्वास्थ्य चौकीकी अनमी रुपीकुमारी ऐडीलेका अनुसार शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । उनको तौल दुई किलो पाँच सय ग्राम छ । परिवारका सदस्यले भने यस्तो कुरा लुकाएर राखेका थिए । तर गाउँलेको दबावका कारण सार्वजनिक रुपमै अनौठो शिशुको बारेमा जानकारी गराइएको हो ।