रबिलाई आराेप लगाउने आर्यनको खुल्यो रहस्यः ज्ञानेन्द्रलाई हुइलचियरमै हानियो लातिले


काठमाडाैं : चर्चित पत्रकार रवि लामिछानेलाई गाली गर्ने आर्यन तामाङ काे हुन भन्ने रहस्य खुलेकाे छ । पत्रकार लामिछानेलाई गाली गर्ने तामाङ नेपालीका लागि नेपालीकाे सदस्य नरहेकाे भ्रष्टाचार विरूद्धका अभियान्ता ज्ञानेन्द्र शाहीले स्पष्ट पारेका छन् । नेपालीका लागि नेपालीका दुईचार जना सदस्यले बाेलेपछि नागरिकका लागि मञ्च खुला गरिदिने क्रममा उनी आएर पत्रकार लामिछानेलाई गाली गरेकाे शाहीले स्पष्ट पारेका हुन् । उनकाे त्याे अभिव्यक्ति व्यक्तिगत रहेकाे बताएका छन् ।
तामाङले रवि लामिछानेलाई मात्रै गाली गरेनन् त्यस लगत्तै ह्विल चियरमा बसेका ज्ञानेन्द्र शाहीलाई समेत लात्ति हानिएकाे बताइएकाे छ । अभियान्ता शाहीले भने ‘याे मात्रै हाेइन अन्य कार्क्रममा समेत कार्यक्रम विथाेल्न खाेज्नेहरूकाे प्रवेश भएकाे थियाे, लाेकतन्त्रमा बाेल्ने अधिकार छ, बाेल्न दिनुपर्छ । लाेकतन्त्रमा सहने क्षमता पनि राख्नुपर्छ, आलाेचना हुनु पनि पर्छ ।’ उनले केही सरकारका मान्छे ज्ञानेन्द्रलाई सक्काउनु पर्छ भनेर लागि परेकाे पनि बताए ।



के भनेका थिए आर्यनले ?
उनले रवि र ज्ञानेन्द्रलाई जुँधाएर फाइदा लिन खाेज्ने हावी भएकाे बताएका छन् । ‘रवि लामिछाने जस्ताे स्वच्छ पत्रकारकाे विरूद्ध बाेल्दा मैले ताली बजाउने कुरै आउँदैन, उसले अन्य प्रसंग राम्राे बाेलेकाे बेला मात्रै ताली बजाएकाे हुँ’ उनले भने ‘ भिडियो समेत हेरि स्पष्ट हुन अनुराेध गर्दछु ।’ रविलाई सक्दाे सहयाेग गर्ने कुराको पनि प्रतिवद्धता देखाएका छन् ।
हेर्नुस् भिडियो








