अरूलाई बचाउने २८ वर्षे डाक्टर सुशिला कलिलाे उमेरमै रहिनन् आफै

झापा : झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया डाक्टर सुशिला यादव अरूलाई बचाउन चहान्थिन विडम्बना आफ्नै दुःखद निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीलाको उपचारका क्रममा निधन भएको हो ।

झापा शनिश्चरे घर भएकी डाक्टर यादवको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतलेे जानकारी दिएको छ । उनको क्यान्सरको शल्यक्रिया भारतमा भएपनि झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो ।

तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा उनलाई आमासयको क्यान्सर भएको थाहा भएकाे थियो । त्यसयता उनी नियमित उपचारमा थिइन् । उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा थिइन्। भने केही समय काठमाडौं नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा समेत काम गरेकी थिइन्।

सम्बन्धित खवर

Back to top button