अस्पतालभित्रै गाेली चल्दा ५ जनाकाे ज्यान गयाे

एजेन्सी : स्वास्थ्य संस्था जस्ताे संवेदनशील क्षेत्रमा नै गाेली चल्न थालेपछि आम नागरिकहरू असुरक्षित महशुस गर्दै छन् । मर्न थालेकाे व्यक्तिले समेत पुनर्जीवन पाउने ठाउँमा हाे स्वास्थ्य संस्था । विडम्बना अस्पतालमा नै अनाहकमा गाेली खाइ ज्यान गुमाउनु परेकाे छ हिजाेआज । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएक छन् । सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ । घाइतेहरुमा थप तीन जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।रासस

सम्बन्धित खवर

Back to top button