लाेकसेवा सहयाेगी टिप्स

(१) एउटा बिद्यालयमा 36% छात्रा तथा 864 छात्र छन् भने सो बिद्यालयमा कुल बिध्यार्थी कति होलान? 1000 b.   940 c.  1350   d.1250 (२)  कुनै परिक्षामा जम्मा 150 प्रश्न सोधियो जसमा प्रत्येक प्रश्नको अंकभार 1 छ । सुरजले सुरुका 75 प्रश्न मध्ये 80% प्रश्नहरुको सहि जवाफ दियो । उसले कूल 60% अङ्क प्राप्त गर्नका लागि बाँकी मध्ये कति प्रतिशत प्रश्नको जवाफ मिलाउनु आवश्यक छ? 25% b. 35% c. 40% d. 60% (३) एकजना कर्मचारिको मासिक आयमा 22/3% वृद्धि हुदा उसले रु.720 धेरै प्राप्त गर्दछ भने उसको मासिक आय कति होला ? रु. a. 20,000    b. रु.22,000   c. रु.24,000 d. रु. 27,000

(४) कुनै परिक्षामा 35% बिध्यार्थी एउटा बिषयमा अनुत्तीर्ण, 42% दोस्रो बिषयमा अनुत्तीर्ण भए जबकी 15% बिद्यार्थी दुवै बिषयमा अनुत्तीर्ण भए । यदि कुल परिक्षार्थीको संख्या 2500 थियो भने कुनै कतिजना परिक्षार्थी एक बिषयमा मात्र अनुत्तीर्ण भए? a.1175   b. 875   c. 1925    d. 375 (५) कुनै गाउमा पुरुष, महिला तथा बालबालिकाको अनुपात 11:9:5 छ । यदि 80% पुरुष साक्षर छन, 30% महिला निरक्षर र 90% बालबालिका साक्षर छन् भने उक्त गाउको निरक्षरता प्रतिशत पत्ता लगाउनुहोस् । a. 20.2% b. 21.6% c. 22.4% d. 25.3% (६) 50 kg सिसा र टिनको मिश्रणमा 70% सिसा छ भने यो मिश्रणमा कति सिसा थप्दा नयाँ बन्ने मिश्रणमा 75% सिसा हुन्छ ? 75kg b. 37.5kg c. 30kg d. 15kg

(७) प्रत्येक बर्षको अन्त्यमा एउटा तलाउमा भ्यागुताको संख्या 10% ले वृद्धि हुने गर्दछ । सन् 2010 को सुरुमा उक्त तलाउमा 21400 भ्यागुता थिए भने सन् 2012 को अन्त्यमा भ्यागुताको संख्या कति हुन्छ ? a. 256800 b.  284834  c. 278200 d. 280800 (८) A,B र C तिन जनाको तलबको योग रु.14400 छ । उनीहरुले आफ्नो तलबको क्रमशः 80% , 85% र 75% खर्च गर्दछन र उनीहरुको बचत अनुपात 8:9:20 छ भने B को तलब कति हुन्छ? a.रु.4800 b. रु.3200 c. रु.6400 d. रु.4000
(९) एउटा बिद्यालयमा छात्र तथा छात्राको अनुपात 3:2 छ । यदि 20% छात्र तथा 25% छात्राले छात्रवृत्तिमा अध्ययन गर्दछन भने छात्रवृत्ति नपाउने बिद्यार्थी प्रतिशत कति रहेछन ? a. 80%  b. 78%  c. 65%  d. 82%  (१०) चियाको मूल्यमा 10% ले कमि आउदा रु.270 खर्च गर्दा 250gm अधिक चिया खरिद गर्न सकिन्छ भने चियाको पुरानो मूल्य कति होला ? a. रु. 108  b. रु. 120 c. रु. 112 d. रु. 107

बोनस प्रश्न

तिन वटा संख्याहरुको बर्गको योग 138 छ | ति संख्यालाई एक अर्का सँग छुट्टा छुट्टै गुणा गरि जोड्दा जम्मा योगफल 13 हुन्छ भने ति तीन संख्याको योगफल कति हुन्छ ? (परराष्ट्र २०७६)

यी प्रश्नोत्तरकाे प्राेसेस बारे आगामी साता प्रस्तुत गरिनेछ ।

सम्बन्धित खवर

Back to top button