राेपाइँ गर्न हिंडेकी दुर्गा करेन्ट लागेपछि फर्केर आइनन्
कञ्चनपुर : मृत्यु अस्वभाविक हुन्छ । कतिबेला प्राण जान्छ कसैलाई थाहा हुँदैन । अचानक हुने यस्ताे बज्रपातले सहन सक्ने क्षमता क्षीण बनाइदिन्छ । अस्वीकार्य तर स्वीकार नै पर्ने पीडादायी यथार्थ हाे मृत्यु । कञ्चनपुरकाे घटनाले यस्तै झल्काे दिन्छ । खेत राेपाइ गर्न जाँदा विधुत प्राधिकरणकाे लापरवाहीका कारण दुर्गा बुढाथाेकीले ज्यान गुमाउनु पर्याे ।
जिम्मेवार निकायकाे यस्ताे चरम लापारवाहिले कहिले सम्म सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु पर्ने भन्दै स्थानीयले आक्राेश व्यक्त गरेका छन् । कहिलेसम्म सर्वसाधारणले अकालमै ज्यान गुमाइ राख्नु पर्ने हो ? यस्तालाई तत्काल कारबाही हुनु पर्छ कि पर्दैन ? भनेर स्थानीयले दुःख व्यक्त गरेका छन् । खेतमा रोपाइ गर्न जाँदा करेण्ट लागेर कञ्चनपुरकाे भिमदत्त नगरपालिका ५ बिरुवा अम्बोटेकि दुर्गा बुढाथोकीकाे मृत्यु भएकाे छ ।
यसरी अकालमै मृत्युवरण गरेपछि स्थानीयले सराेकारवाला निकायले उचित क्षतिपूर्ती दिनुका साथै दीर्धकालिन रूपमा समस्या समाधानतिर लाग्नुपर्ने कुरा व्यक्त गरेका छन् । मृतक दुर्गाप्रति हार्दिक श्रदान्जली !