काठमाडौं : राजधानीको बुढानिलकण्ठमा स्कुल बसको ठक्करबाट एक बालकको मृंत्यु भएको छ । मंगलबार बिहान नवज्ञानभूमि स्कुलको बसले ठक्कर दिँदा ३ वर्षीय सुदिप्ती परियारको ज्यान गएको हो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका सुदिप्तीको उपचारका क्रममा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार सो घटनापछि फरार भएका बसका चालकको खोजि कार्य भइरहेको छ ।
स्कुल बसको ठक्करबाट ज्यान गएपछि बालकका आफन्तले स्कुल परिसरमा प्रदर्शन गरिरहेको बताइएको छ ।बस भने प्रहरीले नियन्त्रणमा लिएर यसबारे थप अनुसन्धान अघि बढाएको छ