दैवकाे खेल ! एकै घरका सात जना चट्याङकाे सिकार

काठमाडौं । वर्षायामसँगै बाढी, पहिरो चट्याङ सुरु हुने गर्दछ । हरेक वर्षयाममा यस्तै खालका विपतमा परेर सयौंले ज्यान गुमाउने गर्दछन् । मर्नु संसारकै रित भएपनि अकालमै ज्यान जानु अत्यन्तै पीडादायी क्षण हुन्छ । अझ पींडा त्यतिबेला हुन्छ जतिबेला बाँचेकाे जस्ताे अनुभूति पनि हुँदैन मर्न पनि सकिदैन । त्याे जस्ताे दुःखदायी क्षण अरू केही हुन सक्दैन ।

यस्तै भएकाे छ- पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ माइसिराङमा । यहाँ एकसाताका बीचमा एउटै घरमा दुईपटक चट्याङ परेर तीन आमाछोरीसहित सातजना घाइते भएका छन् । आज साँझ परेको चट्याङले ९ वर्षीया उपासना प्रजा र ६ वर्षीया आस्था प्रजा घाइते भएकी हुन् ।

यस्तै, केहीदिन अघि परेको चट्याङबाट गर्भवती महिला दिलकुमारी प्रजासहित पाँच जना घाइते भएका थिए । सोमबार घाइते भएकी उपासना र आस्था दिलकुमारीकी छोरी हुन् । चट्याङबाट दिलकुमारीसँगै गर्भवती श्रीमाया प्रजा, अञ्जना प्रजा, विन्दुमाया प्रजा र शितल प्रजा घाइते भएका थिए । GS NEPAL बाट ।

सम्बन्धित खवर

Back to top button