जीवित भेटिएनन् दुई दिनदेखि हराइरहेका बालकः परिवारमा रुवाबासी,आमा बेहोस

बारा : दिनहु जस्ताे ह*त्याहिं*सा, लुटपाट बला*त्कार, शरिर ब*न्धक, फिराैति इत्यादी घटनाहरू घटीरहेका छन् । यसले नेपाली समाज निकै आक्रा*न्त बनिरहेकाे छ । यस्तै बाराको निजगढ नगरपालिकामा पनि दुईदिनदेखि हराइरहेका एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृ*त अवस्थामा फेला परका हुन् ।

निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल वडा नं.८ खयरघारीमा डेरा गरि बस्दै आएका शंकर घिमिरेका छोरा सविन घिमिरे शनिवार दिउँसो करिब २ः३० बजेबाट सम्पर्क बिहीन थिए । साईकल लिएर घरबाट बाहिर निस्केका उनी सम्पर्कमा नआएपछी परिवारले प्रहरीलाई खबर गरेका थिए । उनै बालकको शव घरबाट करिब आठ सय मिटर पर रहेको बकैया खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक बिक्रम लामाका अनुसार दिउसो केही स्थानियले उनको शव स्थानीयले देखें पछि प्रहरीलाई खवर गरेका थिए । भित्री बस्त्रमा मात्रै फेला परेको सबिनको शव आजै पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाईएको र मृ**त्युको कारण पोष्टमार्टम पछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।मृतक सबिनका बाबु भने बैदेशिक रोजगारीमा छन्

सम्बन्धित खवर

Back to top button