satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

नातिकाे आँखा खुलेपछि ९७ वर्षीय हजुर आमाले झारिन खुसीकाे आँशु

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
700
नातिकाे आँखा खुलेपछि ९७ वर्षीय हजुर आमाले झारिन खुसीकाे आँशु

हेटौंडा : राेशनले जब आँखा देखे पढ्ने इच्छा देखाएका छन् । डा. सन्दुक रुइतले जब आँखाको पट्टी खोलिदिए, रोशन थिङ चिच्याए, ‘मैले सबैलाई देखें ।’ डा. रुइतको अनुहार र टाउको मुसारे । डा. रुइतले औंला देखाएर सोधे, उनले फटाफट गने । डा. रुइत दंग देखिए । थिङको अनुहारमा पनि खुसी छचल्किरहेको थियो । हेटौंडा उपमहानगरपालिका–१४ स्थित उत्तरपानीका १३ वर्षीय थिङका दुवै आँखा तीन वर्षदेखि बन्द थिए । आँखाले देख्न छाडदा उनी स्थानीय विद्यालयमा २ कक्षामा अध्ययन गर्दै थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालले एक साताअघि सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा हजुरआमा माइलीमाया थिङले रोशनलाई पिठ्युँमा बोकेर ल्याएकी थिइन् । चिकित्सकले परीक्षण गर्दा दुवै आँखा मोतियाविन्दु भएको पत्ता लाग्यो । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनको शल्यक्रिया गरियो । उनका दुवै आँखाको शल्यक्रिया डा. रुइतले नै गरेका थिए । उनको आँखाको पट्टी बुधबार खोलिएको हो ।

आँखा देख्नेबित्तिकै थिङले हजुरआमालाई खोजे । हजुरआमा नजिकै आएपछि दुवै मजाले हाँसे । उनलाई हजुरआमाले नै हुर्काउँदै आएकी छन् । ‘अब म स्कुल जान्छु,’ थिङले भने, ‘आँखा नदेखेर मात्र पढ्न जान नसकेको हो ।’थिङसँगै शल्यक्रिया गरिएकी ९७ वर्षीया फूलमाया श्रेष्ठ आँखा देख्न थालेपछि खुसीले रोइन् । ‘म २ वर्षदेखि कुजो भएर बसेकी थिएँ,’ उनले डा. रुइतको हात समाउँदै भनिन्, ‘अहिले दुवै आँखा देखें, तिमी भगवान रहेछौं ।’ उनका दुवै आँखाको शल्यक्रिया मंगलबार डा. रुइतले नै गरेका थिए ।

बारा मधुवनकी श्रेष्ठलाई दुवै आँखाको शल्यक्रिया गर्न अस्पताल नै ल्याइएको थियो । हेटौंडा उपमहानगरपालिका–१४ का ७९ वर्षीय वीरबहादुर थोकर पनि आँखा देख्न थालेपछि खुसी छन् । उनले चार वर्षपछि आँखा देख्न पाएका हुन् । ‘घर भित्रबाहिर गर्न पनि सक्तिनथेँ,’ उनले भने, ‘अब बाहिरी संसार देख्ने भएँ ।’ मंगलबार र बुधबार गरेर २ सय जनाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको थियो । दुवै आँखाको शल्यक्रिया भने रोशन, फूलमाया र वीरबहादुरको मात्र गरिएको हो ।
मोतियाविन्दुका रोगी खोजी गर्न हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको उत्तरपानी, भार्ता, कालिकाटार, बाराको लालरतनपुर र सर्लाहीको रामानगर नि:शुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार २ सय जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये २ सय जना मोतियाविन्दुका रोगी रहेको अस्पतालका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । रोगीहरूलाई नि:शुल्क शल्यक्रिया गर्न अस्पतालले बसमा हेटौंडा ल्याएको थियो ।

‘अस्पतालले आँखाका बिरामीको मन जितेको छ, अब हाम्रो चुनौती उपलब्धिलाई जोगाउनु र नयाँ उपकरण थप्दै सम्पूर्ण आँखारोगीको उपचार हेटौंडामा हुने व्यवस्था मिलाउनु हो,’ अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठले भने । अस्पतालमा तीन जना नेत्ररोग विशेषज्ञसहित ४० जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत् छन् । अस्पतालले मासिक १६ लाख रुपैयाँ बराबरको रकम शुल्कबापत संकलन गर्ने गरेको छ । अस्पतालमा आँखा परीक्षण गराउन आएका बिरामीमध्ये नयाँसँग दर्ता शुल्क ९० रुपैयाँ र पुरानोसँग ७० रुपैयाँ मात्र दर्ता लिने गरिएको छ । अन्य रकम अस्पतालले लिँदैन । याे सामग्री कान्तिपुरका लागि प्रताप विष्टले तयार पारेका हुन् ।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by सत्कार पोष्ट
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
कर्णाली प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by सत्कार पोष्ट
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.