: बिमा रकम पाउनका लागि रौतहटमा एक पिताले आफ्नै ४ वर्षकी छोरीको ह*त्या गरेका छन्। उनले बिमाबारे जानकारी पाएपछि छिटो पैसा कमाउनकै लागि छोरीको बिमा गरेका थिए । त्यसपछि बिमा गरेको एक महिना नहुँदै छोरीको ह*त्या समेत गरे । मौलापुर नगरपालिका–६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किशोर राय यादवलाई आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको ह*त्या गरेको अभियोगमा बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई आज सार्वजनिक गरिएको हो । आफ्नै घरमा आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको श*व फेला पारेको थियो । घटना शंकास्पद भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गहन अनुसन्धान गर्ने क्रममा मृ*तकको बाबुनै शंकास्पद देखिएपछि उनलाई पक्राउ गरी सोध पुछ गर्दा घरमा निदाइरहेकी छोरीलाई रातको करिब १ देखि साढे बजेको बीचमा आफै ले काँधमा बोकी पोखरीको डिलसम्म पुर्याएको र नाक, मुख थुनेर ह*त्या गरे पश्चात् श*व पोखरीमा फालेको उनले स्वीकार गरेका छन् ।
आर्थिक समस्याको कारण बिमा रकमको लोभमा ह*त्या नै गर्ने योजना बनाई पहिले ३० लाखको बिमा गराउन चाहेको तर सम्भव नभएपछि २०७६ जेठ १९ गते मृ*तक बालिकाको नाममा प्रभु लाइफ इन्सुरेन्स लिमिटेड गरुडा, उपशाखाबाट २५ लाख रुपैयाँको जी वन बिमा गरेको र सोही रकम प्राप्त गर्न छोरीको ह*त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्त राम किशोरले २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको समेत खुल्न आएको छ । राम किशोरलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाए को छ ।
प्रतिक्रिया दिनुहोस्