किर्तेगरी मृतकका नाममा सामाजिक सुरक्षाभत्ता झ्वाम

जाजरकाेट : नेपाल सरकारले बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वृद्धवृद्धा, एकल महिला , बालबाललिकालाई सरकारले वितरण गर्दै आइरहेको छ । तर जाजरकोटको एक वडाले मृत्यु भएको एक वर्षको समयसम्म सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । सरकारले गरिबी, पिछडिएका क्षेत्रका नागरिकको जीवनस्तर उकास्न सहयोग पुगोस भनेर वितरण गरिएको भत्तामा दुरुपयोग हुनु कानुन विपरित भएको जानकारहरु बताउँछन् ।

जाजरकोट स्थित भेरी नगरपालिका वडा नं.२ मा अनियमीता भएको भेटिएको हो । २०७४ कार्तिक १६ मृत्यु भइसकेकी भद्रशिला वलीको नाममा हस्ताक्षर गरी एकल महिला भत्ता स्वरुप दोस्रो चौमासिकको चार हजार रुपैयाँ भत्ता लिएको पाइएको हो । त्यसैगरी मृत्यु भइसकेककी कुमारी पुन र पशुपति खत्रीको नाममा समेत विधुवा भत्ता वितरण भएको छ । यस विषयमा भद्रशिलाको छोरा विवेक वलीलाई सोध्दा,आफु अचम्ममा परेको घरपरिवारले भत्ता नबुझेको र वुझ्ने जो कोहीलाई कानुन अनुसारको कारवाही गर्नुपर्ने बताए ।

वडा अध्यक्ष भन्छन् : मलाई थाहा नै छैन – कृत्य गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सम्बन्धी आफुलाई जानकारी नभएको र यस विषयमा वडा सचिवलाई सोध्ने भेरी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष इन्द्रबहादुर वलीले बताए । उनले भने मलाई यस विषयमा कुनै थाहा नै छैन, सचिवलाई सोधेपछि प्रस्ट हुने उनले बताए ।

वडा सचिव लक्ष्मी वलीले जनसङख्या धेरै भएकाे कारण एक्लै रकम बितरण गर्दा परिवारका सदस्यहरु नागरिता लिएर रकम लिन आउछन्, मृत्यु भएकाे नभन्दा यसाे हुन सक्ने बताइन् । मृतककाे हस्ताक्षरकाे विषयमा भने आफुलाइ थाहा नभएकाे बताइन् ।

भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज वेल्वासेले यस विषयमा तत्काल छानविन हुने र दोषि माथी कारबाही हुने बताएका छन् । उनले भने , हामीले वेलावेला प्रशिक्षण दिने गरेका छौ भेरीनगरपालिकाका प्रत्येक वडाका सचिवहरुलाई जन्म, मृत्यु र बसाईसराईको तथ्यांक अध्यावधिक गरेर ल्याउन भनेर तालिम दिने गरेको छौँ ।

किर्ते गरी रकम निकासा गरेकाे कागजात

सम्बन्धित खवर

Back to top button